मकवानपुर १ मा कांग्रेसकी डिनाको प्रारम्भिक अग्रता

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

मकवानपुर क्षेत्र नम्बर १ मा  नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले प्रारम्भिक अग्रता लिएकी छिन् । एक हजार तीन सय ३५ मत गणना गर्दा डिनाले सात सय ८९ मत प्राप्त गरेकी छिन्।

डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले पछ्याइरेहका छन्। उनले तीन सय ५१ मत पाएका छन्। यस्तै, राप्रपाका दीपक सिंहले ५० मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाराज थापाले २७ मत प्राप्त गरेका छन्। 

यस क्षेत्रमा डिना, थापा र सिंहसहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। एक लाख ५० हजार एक सय ५५ मतदाता रहेको मकवानपुर क्षेत्र नम्बरमा १ मा ४५ हजार चार सय ५६ महिला र ४६ हजार एक सय २३ पुरुष र ४ जना अन्य गरी ९१ हजार पाँच सय ८३ जनाले मतदान गरेका छन्।

सुझावित समाचार