मतपेटिका आगजनी गरिएको देवचुलीमा पुनः मतदान सुरु

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान सुरु भएको छ।

शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिकामा आगजनी गर्दा आइतबार मतदान स्थगित गरिएको थियो। नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी रहने बताए।

स्थगित मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।  मतदान सम्पन्न भएपछि साँझबाटै मतगणना गरिने उनले बताए। यो मतदान केन्द्रमा नौ सय ८० मतदाता छन्।
 

सुझावित समाचार