यी दश स्थानमा हुँदै छन् काठमाडौंका दश क्षेत्रको मतगणना

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रको मतगणना फरक–फरक स्थानमा हुने भएको छ । यसअघि सबै निर्वाचन क्षेत्रको मतगणना एकै ठाउँमा हुने गरेकोमा यसपटक भिन्नभिन्न दश ठाउँमा गणना गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

काठमाडौं १ को मतगणना नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ। २ को मतगणना राधाकृष्ण मन्दिर थली, ३ को जोरपाटीमा रहेको चामुण्डा स्कुलमा, ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा, ५ को टोखास्थित श्रीसमाज भवनमा, ६ को धर्मस्थलीमा, ७ को बालाजुको जुडो हलमा, ८ को स्वयम्भूस्थित गितामाता स्कुलमा, ९ को रविभवनमा रहेको नेपाल पर्यटन तथा होटeल व्यवस्थापन प्रतिष्ठानमा र १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा हुने भएको छ । 

सुझावित समाचार