रौतहटमा खस्यो ६५ प्रतिशत मत

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

रौतहटका चार निर्वाचन क्षेत्रमा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ। 

बिहान ७ बजे सुरु भएको मतदानमा स्थानियको सहभागीता यस अघिको स्थानिय तहको निर्वाचन भन्दा कम देखिएको छ। स्थानिय तहको निर्वाचनमा झण्डै ८० प्रतिशत मतदान भएको रौतहटमा प्रतिनिधि र प्रदेश सभाका लागी ६५ प्रतिशत मात्र मतदान भएको छ। 

रौतहटमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको निर्वाचन रौतहटमा शान्तीपूर्णरुपमा सम्पन्न भएको छ। जिल्ला भरी सुरक्षाकर्मीको बाक्लो उपस्थीतीका कारण कतै पनि अप्रिय घटना नघटेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। 

निर्वाचनमा अवरोध हुन नदिन रौतहटको गुजरा र गरुडा नगरपालिकामा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको थियो। छिटफुट वादविवाद बाहेक जिल्लामा शान्तीपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताए । मतदान केन्द्रहरुबाट सुरक्षित रुपमा मतगणना स्थलमा मतपेटीका ल्याने क्रम जारी रहेको उनले बताए।

निर्वाचन सुरक्षाका लागी जिल्लाभरी करीब ६ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो। रौतहटका ४ वटै क्षेत्रमा मतगणना आजै राति बाट सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ। 

चारवटै निर्वाचन अधिकृतको कार्यलयमा मतपेटिकाहरु ढुवानी भए पश्चात सर्वदलिय बैठक गरेर आजै रातिबाट मतगणना सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ।

See More On

सुझावित समाचार