कैलालीमा ६१ प्रतिशत मत खस्यो

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

कैलालीमा ६१ प्रतिशत मत खसेको छ। बेलुकी ५ बजेसम्म ६१.१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। ५ बजेभित्र मतदान स्थल पुगेका मतदाताले पछिसम्म पनि मतदान गरेकाले खसेको मतको एकिन विवरण आउन बाँकी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए।

उक्त अवधिभित्र सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा ६२.३ प्रतिशत मत खसेको छ भने क्षेत्र नम्बर १ मा ५९.६ प्रतिशत, २ मा ५८.२ प्रतिशत, ४ मा ६१.९ प्रतिशत र क्षेत्र नम्बर ५ मा ६२.३ प्रतिशत मत खसेको विवरण प्राप्त भएको सूचना अधिकारी चौधरीले जानकारी दिए।

कुल खसेको मतको विवरणहरु संकलन भइरहेको उनले बताए। कैलालीमा पाँच लाख ३५ हजार ५१४ जना मतदाता रहेका छन्।
 

सुझावित समाचार