प्युठानमा १३ प्रतिशत मत खस्यो

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

प्युठानमा बिहान ११ बजेसम्म १३ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय प्युठानका अनुसार ११ बजेसम्ममा जिल्लाभरका मतदान केन्द्रबाट २१ हजार ४ सय ५ मत खसिसकेको छ । 

प्युठानमा एक लाख ५९ हजार सात सय ६० कुल मतदाता रहेका छन् । एक सय ५६ मतदान स्थल रहेको प्युठानमा दुई सय २३ मतदान केन्द्रमा अहिले मतदान भइरहेको जिल्ला निर्वाचन अधिकृत देविराम पाठकले जानकारी दिए । 

सुझावित समाचार