हुम्लामा स्वतन्त्र र गठबन्धनका कार्यकर्ताबीच झडप, राेकियाे मतदान

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

सर्केगाड गाउँपालिकास्थित रहेको देवकोटा आधारभुत विद्यालय मतदान केन्द्रमा झडप भएको छ।

गठबन्धन पक्ष स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हो। वारेसनाम विषयलाई लिएर गठबन्धन र स्वतन्त्र उम्मेदवारी मंगलबहादुर शाही पक्षबीच झडप भएको स्थानीय महेश थापाले जानकारी दिए।

साढे १० बजे झडप भएपछि मतदान प्रभावित भएको थापाले बताए। मतदान केन्द तोडफोट भएको अहिले मतदान समेत प्रभावित छ,६० मत खसेसँगै मतदान हुन नसकेको उनको भनाइ छ।

६ सय ९९ मतदाता रहेको देवकोटा आधारभूत विद्यालयमा मतदान प्रभावित भएपछि मतदाता मत हाल्न पर्खिरहेका छन्।  

See More On

सुझावित समाचार