हुम्लाका चार मतदान केन्द्रमा अझै सुरु भएन मतदान

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण
हुम्लाका चार मतदान केन्द्रमा अझै सुरु भएन मतदान

फाइल फाेटाे

नाम्खा गाउँपालिका ६ का तीन मतदान केन्द र वडा ५ को मुचुमा चिसोका कारण मतदान सुरु भएको छैन। अत्याधिक चिसोले नाम्खा-६ को तिल,जाङ, हलजी र वडा  नम्बर-५ को मुचुमा मतदान हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

लिमिको हल्जी गाउँको सुनखानी,आधारभुत विद्यालयको मतदान  केन्द,जाङ गाउँको भृकुटी आधारभुत विद्यालय मतदान केन्द्र ,तिल गाउँको हिमशिखर आधारभुत मतदान केन्द र मुचुको खासरपानी आधारभुत मतदान केन्द्रमा  चिसो मतदान हुने नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले बताए।

५९ वटा मतदान केन्द मध्ये ५५ मतदान केन्द्रमा मतदान सुरु भइसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका श्यामबहादुर रानाले बताए।  जिल्लाका सबै मतदान केन्दमा शान्तिपूर्ण रूपमा मतदान सुरु भइरहेको निमित्त निर्वाचन अधिकारी रानाको भनाइ छ।

See More On

सुझावित समाचार