देशभर उत्साहजनक रूपमा मतदान भइरहेकाे छ । सबै जिल्लामा बिहान ७ बजे एकैसाथ मतदान सुचारु भएको हाे। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले सम्बन्धित मतदान स्थलमा पुगेर मतदान गरिसकेका छन्।
१ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले अर्को पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै छन्। निर्वाचनमा ११ हजार पाँच सय ४३ उम्मेदवारले भाग लिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले कम्तीमा ७० प्रतिशत मत खस्ने र ९९ प्रतिशत सदर हुने अपेक्षा गरेको छ।
निर्वाचनका लागि अन्तिम नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता छन्। मतदाताले १० हजार आठ सय ९२ मतदानस्थल तथा २२ हजार दुई सय २७ मतदान केन्द्रमा गएर मतदान गर्नेछन्।
आयोगले सय मतदानस्थल तथा तीन सय ९२ वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाएको छ। यी केन्द्रमा एक हजार आठ सय ८६ अपांगता भएका मतदाता छन्। चार हजार चार सय ७८ संवेदनशील र तीन हजार ६५ केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ।




.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)
.jpg'_'.2022-11-20.jpg)

