दुई दिन हिँडेर मतदान केन्द्र पुगे कर्मचारी र सुरक्षाकर्मी

शुक्रबार, २ मंसिर, २०७९
डिजिटल संस्करण

मनाङको दुर्गममा रहेको नार्पाभूमि गाउँपालिकामा दुई दिनको पैदल यात्रापछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्र पुगेका छन्। बुधबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी बिहीबार राति मतदान केन्द्र पुगेका हुन्।

मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार जिल्लामा निर्वाचनको तयारी पूरा भइसकेको छ। निर्वाचनका लागि जिल्लामा दुई सय कर्मचारी र ६ सय ८७  सुरक्षाकर्मी खटिएका छन्।

एक प्रतिनिधिसभा र दुई प्रदेश सभा रहेको मनाङमा ६ हजार सात सय ७९ मतदाता छन्। जसमध्ये प्रदेश सभा (क) मा दुई हजार ६ सय २४ र प्रदेश सभा (ख) मा चार हजार एक सय ५५ मतदाता छन्।

सुझावित समाचार