गाउँमै भोट हाल्न पाउने भएपछि मासपुरका मतदाता खुसी

शुक्रबार, २ मंसिर, २०७९
डिजिटल संस्करण

हुम्लाको ताजाँकोट गाउँपालिका– ३ मासपुरका मतदाता गाउँमै पहिलोपटक भोट हाल्न पाउने भएपछि खुसी भएका छन्।

५० मतदाता रहेको मासपुर गाउँका स्थानीय भोट दिन १० घन्टा पैदल यात्रा गरेर गाउँपालिकाको केन्द्र धाउन बाध्य थिए। भोट हाल्न ब्यहाेर्नुपर्ने  झन्झटबाट छुटकारा पाएपछि वृद्धवृद्धा र महिलाहरू दंग देखिएका छन्। 

भाेट हाल्न हिँड्नुपरेको दुःख सम्झँदै स्थानीय ८५ वर्षका दलवीर रोकायाले भने, ‘केन्द्रको कैलाश आधारभूत विद्यालयमा भोट हाल्न पुग्नुपर्दा दुःख हुन्थ्यो।’

पहिलोपटक गाउँकै बानादेव आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएको हो। मतदान केन्द्र टाढा हुँदा वृद्वावृद्वा र महिला मतदान गर्नबाट वञ्चित हुँदै आएका थिए।

सुझावित समाचार