मुक्तिनाथ विकास बैंकले सामाखुसीस्थित ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्टसँग सम्झौता गरेको छ । आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन बैंकले फुड एन्ड बेभरेजमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो।
सम्झौतापश्चात् बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले सामाखुसीको ‘द हिमालयन ग्रिल बाई बाजेको’मा फुड एन्ड बेभरेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।