मेरो पहिलो एजेन्डा आर्थिक विकास : पम्फा भुसाल

बिहिबार, १ मंसिर, २०७९
डिजिटल संस्करण
मेरो पहिलो एजेन्डा आर्थिक विकास : पम्फा भुसाल

फाइल तस्बिर

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो पहिलो एजेन्डा आर्थिक विकास भएको बताएकी छिन्। गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी उनले बिहीबार हरिसिद्धिमा घरदैलोपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै यस्तो बताएकी हुन्।

विगतमा आफूले सुरु गरेका काम पूरा गर्न र नयाँ कामको थालनी गर्नका लागि उम्मेदवार बनेको उनको तर्क छ। आगामी पाँच वर्ष आर्थिक विकासका लागि तीनै तहको सरकार र निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने उनले बताइन्।

ललितपुर ३ लाई नमुना क्षेत्रको रूपमा अगाडि बढाउने आश्वासन दिँदै उनले आफ्नो एजेन्डा कार्यान्वयन गर्न सक्ने विश्वास व्यक्त गरिन्। ‘धेरै काम मैले आफ्नो कार्यक्षेत्रमा गरेकी छु। केही थालेका काम पूरा गर्नु छ। केही नयाँ काम थालनी गर्नु छ। मुख्य गरेर आर्थिक विकास अब मेरो प्रथम एजेन्डा हो,’ उनले भनिन्।

मन्त्री भुसालले स्थानीय तह निर्वाचनको मतअनुसार गठबन्धन अगाडि रहेको उल्लेख गर्दै ललितपुर ३ मा सजिलै जित्ने दाबी गरिन्। आफूले दुई कार्यकाल गरेका काम हेरेर जनताले मतदान गर्ने उनको विश्वास छ।

सुझावित समाचार