Skip This
प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २६ शनिबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २६ शनिबार १७:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २६ शनिबार १७:५o:oo

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच शनिबार सम्पन्न फाइनलमा एपिएफले साबिक विजेता आर्मीलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो।

जितसँगै एपिएफले रु १० लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता आर्मीले रु पाँच लाख प्राप्त गर्यो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपिएफले फिल्डिङ राेजेपछि आर्मी क्लबले ब्याटिङ गर्ने क्रममा निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो। १८० रनको विजयी लक्ष्य एपिएफले ३८.३ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो।

एपिएफका लागि भुवन कार्कीले ५५ रन बनाए। उनले ८२ बल खेल्ने क्रममा एक छक्का र चार चौका हाने। यस्तै, सुमित महर्जनले ३४ रन बनाए। उनले ४५ बल खेल्ने क्रममा पाँच चौका प्रहार गरे। यस्तै, कप्तान शरद् भेषवाकरले अविजित १६, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७ र आशिफ शेखले १४ रनको योगदान दिए। 

बलिङतर्फ आर्मी क्लबका जितेन्द्र मुखियाले दुई, सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक-एक विकेट लिए।

यसअघि एपिएफलाई १८० रनको लक्ष्य दिने क्रममा आर्मीका लागि रोहितकुमार पौडेलले ४९ बनाए। यस्तै, जितेन्द्र मुखियाले अविजित २४, सुशन भारीले १९, राजेश पुलामीले १८, कुशल मल्लले १६, हरि चौहानले १५, अर्जुन साउदले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए।

बलिङतर्फ आर्मीका अमर रौटेला र मौसम ढकालले तीन-तीन तथा किशोर महतोले दुई विकेट लिए। यसअघि आर्मी क्लबले शुक्रबार नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो। एपिएफले भने बिहीबार मधेस प्रदेशलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो।