१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २५ शुक्रबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २५ शुक्रबार १७:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोहनीकाे टिप्पणी- सत्तारुढ दल ‘नवसामन्तवाद’का प्रेतात्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २५ शुक्रबार १७:२२:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तामा रहेका दलहरुलाई नवसामन्तवादका प्रेतात्माको संज्ञा दिएका छन्। 

शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष लोहनीले सत्तारुढ दलहरुलाई नवसामन्तवादको प्रेतात्माको संज्ञा दिएका हुन्। 

उनले सत्तारुढ पार्टीहरुले खाने काम गरिरहेको भन्दै भ्रष्टाचारको दुर्गन्ध देशभर फैलिएको बताए। उनले नेपालबाट सामन्तवाद सकिएको भएपनि नवसामन्तवादको उदय भएको बताए। 

विगतमा सामन्तवाद जमिनको कुत आएर बाँचेको उल्लेख गर्दै उनले नवसामन्तवाद भने विकासको लागि आएको रकमको कुत खाएर बाँचेको टिप्पणी गरे। लोहनीले देशको स्थिति लथालिङ्ग भएकाले सो स्थितिलाई बदल्न परिवर्तन आवश्यक रहेको बताए।

लोहनीले जनताले सत्तारुढ दलहरुलाई गरेको विश्वासको दुरुपयोग भएको बताए। ‘अहिले लथालिङ्ग देशको भत्ताभुंग चाला, जुन पार्टीले सक्ला त्यही पार्टीले खाला भएको छ । सत्तामा बसेका जति पार्टी छन् उनीहरुले खाने काम गरेका छन् अहिले’, उनल ेभने, ‘अग्रगामीहरुले भ्रष्टाचार गर्दा त्यसको दुर्गन्ध देशव्यापी भएको छ अहिले । यि नवसामन्तवादका प्रेतात्माहरु जहाँतहीँ देखिन लागेका छन्। नवसामन्तवादका प्रेतात्मा हुन् उनीहरु। सामन्तवाद नेपालबाट गइसक्यो।’