मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २५ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २५ शुक्रबार o६:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘वर्ल्ड ट्राभल मार्केट’मा २४ कम्पनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २५ शुक्रबार o६:o९:oo

 विश्वकै ठूलो पर्यटन मेला मानिने वर्ल्ड ट्राभल मार्ट (डब्लुटिएम), २०२२ बेलायतमा सम्पन्न भएको छ । कोभिडपछि आयोजना गरिएको डब्लुटिएममा पर्यटन बोर्डको नेतृत्वमा नेपालका २४ पर्यटन कम्पनीको सहभागिता थियो । यस मार्टले नेपालको पर्यटन पुनरुत्थानमा सहयोग पुगेको बोर्डको विश्वास छ । 

डब्लुटिएममा रहेको नेपालको स्टलको बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले उद्घाटन गरेका थिए । मेलामा सहभागी कम्पनीहरूलाई देशको पर्यटन प्रवर्द्धनमा प्रयास गर्न प्रोत्साहित गरे ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले मेलाले कोभिडले थलिएको पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने बताए । ‘मेलामा सहभागी नेपाली व्यवसायीहरूले विश्वका ट्राभल कम्पनीहरूसँग पुराना व्यावसायिक सम्पर्कहरू नवीकरण गर्ने र नयाँ व्यापार साझेदारी स्थापना गर्ने अवसर पाएका छन्, जसले पर्यटनलाई पुनः लयमा फर्काउन सहयोग पुग्नेछ,’ उनले भने । 

नेपालको स्टलमा बेलायत र अन्य विभिन्न देशका पर्यटन व्यवसायी, मार्केटिङ परामर्शदाता, मिडिया, टुर अपरेटरहरू, निजी कम्पनी, ट्राभल लेखकहरू, मिडिया, फोटोग्राफर, ब्लगर र सामग्री निर्माताहरूको सहभागिता थियो ।