१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १४:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जुम्लामा नमुना मतदान, २० प्रतिशत मत बदर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:४४:oo

४ मंसिरका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि जुम्लास्थित निर्वाचन कार्यालयले आठ स्थानीय तहका ६० वडामा ६० जना महिला स्वयंसेविकालाई मतदात शिक्षा कार्यक्रमका लागि परिचालन गरेको छ। 

जिल्लामा मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढ्ने चिन्ता देखिएको छ। जिल्ला निर्वाचन कार्यालय जुम्लाले दुईवटा पालिकामा गरेको नमुना मतदानमा ८५ मत खसेकोमा २० मत बदर भएको थियो। 

२० प्रतिशतभन्दा बढी मत बदर भएपछि मतदाता शिक्षा प्रभावकारी बनाउन कर्मचारी परिचालनलाई तीव्रता दिन थालिएको छ। त्यस्तै, राजनीतिक दलहरूलाई समेत घरदैलो गर्दा सही ठाउँमा मतदान गर्नका लागि मतदातालाई आग्रह गर्नुपर्ने निर्वाचन कार्यालयको भनाइ छ।

कार्यालयले २३ कात्तिकमा सिँजा गाउँपालिकामा सञ्चालन गरेको नमुना मतदानमा ३७ जना मतदाताले मतदान गरेका थिए। त्यसमध्ये आठ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय, जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाईंले बताए। 
 
त्यस्तै, कनकासुन्दरी गाउँपालिकामा सञ्चालन गरिएको नमुना मतदान केन्द्रमा ४८ मत खसेकोमध्ये १२ मत बदर भएको थियो। 

दुवै स्थानीय तहको बदर भएका मतपत्र हेर्दा छाप लगाएर मतपत्र पट्याउन नजानेको, दुई कोठामा छाप लगाएको र दुई चिह्नमा छाप लगाएको देखिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।

जिल्लाका सबै वडामा मतदाता शिक्षा सञ्चालन भएको र नमुना मतदानबाट पनि मतदानका विषयमा जानकारी लिने लक्ष्य लिइएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए। जिल्लाभर कुल एक सय ६ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुई अस्थायी मतदानस्थल राखिएको छ।

यहाँ कुल ६८ हजार ६ सय ३८ मतदाता छन्। प्रदेश सभा (क) मा ३६ हजार सात सय ८३ जना र प्रदेश सभा (ख) मा ३१ हजार आठ सय ५५ जना मतदाता छन्। 

ad
ad