१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २४ बिहीबार
  • Sunday, 29 September, 2024
गणेश लम्साल विराटनगर
२o७९ कार्तिक २४ बिहीबार १३:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शेखरको स्थानमा कांग्रेसले दियो मानबहादुरलाई टिकट

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ कार्तिक २४ बिहीबार १३:११:oo

डेंगुबाट निधन भएका उम्मेदवार शेखरचन्द्र थापाको स्थानमा कांग्रेसले मानबहादुर लिम्बूलाई उठाउने भएको छ । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा (क) मा कांग्रेसले लिम्बूलाई टिकट दिएको हो ।

क्षेत्र नम्बर ३ को प्रदेश सभा (क)का उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री थापाको बुधबार निधन भएको थियो । निर्वाचन आयोगले द्रुतमार्गबाट उम्मेदवारी दर्तालगायतका प्रक्रिया अघि बढाउने र ४ मंसिरमै मतदान गराउने निर्णय गरेपछि कांग्रेसले उदयपुरको बेलबारी नगरपालिका– ८ का लिम्बूलाई टिकट दिएको हो ।

पार्टीको निर्णयपछि टिकट पाएका लिम्बूले आजै मनोनयन दर्ताको तयारी गरेका छन् । यो क्षेत्रमा नेकपा एमालेबाट दिलीप राईसहित पाँचजना उम्मेदवार छन् ।