
काठमाडौंबाट सुर्खेतका लागि उडेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण गरिएको छ ।
बिहान सुर्खेतमा मौसम प्रतिकूल भएपछि सल्यानको खलंगामा केहीबेर हेलिकोप्टर अवतरण गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
सुर्खेतको मौसममा सुधार भएपछि उनी पुनः सुर्खेत प्रस्थान गरेका छन् ।