
प्रधानमन्त्री केपी ओलीले संसदमा मार्सी चामलको प्रसंग कोट्याएका छन्। आज (आइतबार) संसदमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले मार्सी चामलको प्रसंग निकालेका हुन्।
‘अगाडिदेखि त्यहाँ (कर्णाली) सन्त चन्दननाथले मार्सी चामल ल्याए र मार्सी चामल अहिले व्यापक रूपमै चर्चित पनि छ। कर्णालीको, जुम्लाको; मैले पनि जुम्लाको मार्सी चामल चाखेको कुरा यहाँहरूलाई जानकारी नै छ,’ उनले भने । यसअघि ०७३ सालमा प्रधानमन्त्री ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा मार्सी चामलको भात खाएका थिए।