१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १३:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कैलाली ३ मा नमुना मतदान, सबै मत सदर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:o२:oo

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा कैलालीको सुख्खडमा नमुना मतदान गरिएको छ। उक्त मतदानमा शतप्रतिशत मत सदर भएको छ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को सुख्खडस्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमुना मतदानमा ४२ मत खसेकोमा सबै मत सदर भएको हो। प्रदेश निर्वाचन कार्यालय, धनगढीको पहलमा भएको नमुना मतदानमा नगरपालिकाका प्रमुख खडक रावत र उपप्रमुख गुलियादेवी चौधरीलगायत स्वास्थ्य स्वयंसेविकाहरू, पालिकाका कर्मचारीलगायत सहभागी थिए।

सो अवसरमा नगर प्रमुख रावतले नमुना मतदानको अभ्यासलाई निरन्तरता दिन सके आसन्न निर्वाचनमा बदर मत संख्या घट्ने बताए। निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उद्देश्यले नमुना मतदान गरिएको बताए।

यसअघि जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को गोदावरी नगरपालिका क्षेत्रमा पनि नमुना मतदान गरिएको थियो। जिल्लाका अन्य पालिकामा पनि नमुना मतदानको तयारी गरिएको छ।

ad
ad