१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १४ सोमबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १४ सोमबार १२:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचन आयुक्त भण्डारीले पाएनन् भारत जाने अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १४ सोमबार १२:३९:oo

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीको भारत भ्रमण प्रस्ताव सरकारले अस्वीकृत गरेको छ।

भारतको नयाँदिल्लीमा हुन लागेको लोकतन्त्र र निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भारतीय निर्वाचन आयोगले पठाएको निमन्त्रणामा आयुक्त भण्डारीलाई पठाउने निर्णय आयोगले गरेको थियो। भ्रमण स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइए पनि अनुमति नमिलेको हो।

मन्त्रिपरिषदबाट अनुमति नपाएपछि भण्डारी आइतबार नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम स्थगित भएको छ। भण्डारीले आज उक्त कार्यक्रममा आफ्नो प्रस्तुति दिने कार्यतालिका थियो। आयुक्त भण्डारीले अनुमति नपाएपछि आयोगको प्रतिनिधित्व गर्दै सहायक प्रवक्ता रहेका उपसचिव कमल भट्टराई दिल्ली गएका छन्।

आयोगका एक आयुक्तले सम्पूर्ण तयारी हुँदाहुँदै मन्त्रिपरिषदबाट अनुमति नपाउँदा भण्डारी भारत जान नपाएको बताए। ‘भारतबाट निम्तो आएपछि आयोगले उहाँलाई पठाउने निर्णय गरेको हो। तर, मन्त्रिपरिषद्ले अनुमति दिएन,’ उनले भने।