मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक १४ सोमबार १०:४२:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

‘एक बागी’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक १४ सोमबार १०:४२:००

साहित्यकार खगेन्द्र संग्रौलाको जीवनीमा आधारित पुस्तक ‘एक बागी’ लोकार्पण गरिएको छ । यस पुस्तकलाई उज्ज्वल प्रसाईंले लेखेका हुन् । आइतबार काठमाडौंमा आयोजित एक समारोहबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापा, टिप्पणीकार डा. महेश मास्के, उषा श्रेष्ठ, लेखक डा. सविन निङ्लेखु र लेखक प्रसाईंले पुस्तक लोकार्पण गरे । 

लोकपर्ण समारोहमा बोल्दै नेता थापाले अन्यायविरुद्ध लड्न संग्रौलाबाटै सिकेको बताए । ‘मेरो उमेर समूहका थुप्रै कांग्रेसीले खगेन्द्र संग्रौलालाई गुरु मान्छन् । प्रश्न गर्न र बागी हुन हामीलाई खगेन्द्र संग्रौलाले सिकाउनुभयो । उहाँसँग चिया खाँदासमेत धेरै कुरा सिकेँ,’ उनले भने, ‘यो एउटा जीवनी मात्रै होइन, यसमा समेटिएका हरेक शब्दले समाजको यथार्थ र समयको मागलाई सम्बोधन गर्नेछन् ।’ 

टिप्पणीकार डा. महेश मास्केले सत्तालाई हेर्ने संग्रौलाको दृष्टिकोणमाथि प्रश्न गरेका थिए । ‘उहाँ सत्ताको चरित्र दमनकारी छ भन्नुहुन्छ । यदि सबै सत्ताको चरित्र दमनकारी हुन्छ भने हामीले नयाँ सत्ता ल्याउन किन संघर्ष गर्ने ? पुरानो सत्ता हटाउन किन संघर्ष गर्ने ?’ उनले प्रश्न गरे । पुस्तक ‘एक बागी’मार्फत लेखक प्रसाईंले आफ्नो जीवनका नदेखिएका पाटाहरूलाई समेत बाहिर ल्याएको साहित्यकार संग्रौलाले बताए । ‘लेखक प्रसाईंले मेरा जीवनका देखिएका तथा नदेखिएका विभिन्न पाटा, पक्ष र आयामहरू उधिनेका छन् । उनले आफ्नो अनुसन्धानका माध्यमबाट खगेन्द्र संग्रौलाजस्तो सानो मान्छेलाई पुनः आविष्कार गरेका छन् । त्यसो त उज्ज्वल प्रसाईं स्वयं पनि पुनः आविष्कृत भएका छन्,’ संग्रौलाले भने । 

लेखक प्रसाईंले संग्रौलाको जीवनलाई झ्याल बनाएर नेपाली समाजलाई बुझ्ने प्रयत्न गर्दै जाँदा एउटा पुस्तक तयार भएको बताए । वेला पब्लिकेशनले प्रकाशित गरेको पुस्तकको मूल्य ९ सय ४५ रुपैयाँ राखिएको छ ।