Skip This
डा. वाग्लेकाे दाबी- कांग्रेसको घोषणापत्र असाध्यै यथार्थपरक
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक १२ शनिबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १२ शनिबार १४:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डा. वाग्लेकाे दाबी- कांग्रेसको घोषणापत्र असाध्यै यथार्थपरक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १२ शनिबार १४:३o:oo

कांग्रेसका नेता डा. स्वर्णिम वाग्लेले पार्टीको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन्। 

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र भनेर दाबी गरेका हुन्।
 
नेता वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्पपत्रमा विकासका लक्ष्यहरू राखिएको बताए। उनले युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ स्रोतहरूको विषयलाई प्राथमिकता दिएको पनि बताए।

नेता वाग्लेले घोषाणापत्रमा डिजिटलाइजेसन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय र वार्षिक करिब अढाई लाख नयाँ रोजगारी सिर्जना गर्न सक्ने विश्वसनीयताका आधारहरू समावेश गरेको उल्लेख गरे। 

‘घोषणापत्रमा मनगढन्ते कुराहरू राखिने गरिन्छ भन्ने आरोप लागेको छ तर हामीले यसपालि असाध्यै यथार्थपरक कुरा मात्रै राखेका छौँ। वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र राखेका छौँ। दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्पपत्रमा विकासका लक्ष्यहरू राखेका छौँ,’ उनले भने, ‘स्थानीय निर्वाचनमा बोलेका धेरै कुराहरू यहाँ ल्याएका छैनौँ। युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ स्रोतहरूको विषयलाई प्राथमिकता दिएका छौँ। डिजिटलाइजेसन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय भनेर हामीले वार्षिक करिब अढाई लाख नयाँ रोजगारी सिर्जना गर्न सक्ने विश्वसनीयताका आधारहरू समावेश गरेका छौँ।’

नेता वाग्लेले पार्टीको घोषणापत्रमा तात्कालीक आर्थिक एजेन्डाका रूपमा ५ वटा विषयहरू समावेश गरेको बताए। 
आायत, बाह्य असन्तुलनको विषय, कर्जा र तरलता, मुद्रास्फीतिका विषयहरू रहेका छन्। मुद्रास्फीतिको विषय आगामी सरकार बनेको ६ महिनाभित्रमा समाधान हुने डा. वाग्लेको दाबी थियो। 

वाग्लेले सार्वजनिक आय र खर्च, औद्योगिक पूर्वाधार र नेपाली उत्पादन प्रवर्द्धन र युवाहरूका लागि डिजिटलाइजेसनको विषय तत्काल आर्थिक एजेन्डाका रूपमा पार्टीको घोषणापत्रमा उल्लेख गरिएको बताए। उनले वृद्धभत्ता ६८ बाट घटाउँदै ६५ पुर्‍याउने र कोखदेखि शोकसम्मको अवधारणालाई अझ गतिशील बनाउने कुरा घोषणापत्रमा रहेको बताए। 

सत्तास्वार्थका आधारमा बनेको नेपाल कम्युनिस्ट पार्टी आन्तरिक शक्ति संघर्षको कारण विघटन भएको र नेकपा एमालेले संवैधानिक रूपमा राज्य सञ्चालन गर्न असफल भएको दाबी संकल्पमा रहेको बताए।

सार्वजनिक गरिएको घोषणापत्रमा ३ वर्षमुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा दिनेलगायतका विषय समावेश गरिएको छ। 

५ वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गरिने, स्वास्थ्य बिमा गरेका ६५ वर्षमाथिका लागि निःशुल्क स्वास्थ्य सेवा दिइने, उपचार गर्नका लागि कसैले घरखेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्ने, बाल मृत्युदरलाई २० प्रतिशतमा झार्ने उल्लेख गरिएको छ। 

यस्तै, ३० देखि ३५ वटा ऐन संशोधन वा खारेज गरेर रोजगार सिर्जनाको वातावरण निर्माण गर्ने, वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना गर्ने, इन्धन प्रतिस्थापन गर्न विद्युतीय ऊर्जालाई जोड दिने, शैक्षिक क्षेत्रका ८० प्रतिशत क्षेत्रमा इन्टरनेट पुर्‍याउने योजना छन्। 

प्रतिदिन सय डलर एक पर्यटकले खर्च गर्ने, १५ दिन नेपालमा बस्ने गरी वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यसका लागि विमानस्थलदेखि पर्यटकीय क्षेत्रका पूर्वाधार विकास गर्ने कांग्रेसको घोषणापत्रमा समावेश छन्।