मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक ७ सोमबार
  • Friday, 14 August, 2026
२o७९ कार्तिक ७ सोमबार ११:२५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तालिम केन्द्रमा यसरी मनाइयाे कुकुर तिहार (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ७ सोमबार ११:२५:oo

हिन्दू नेपालीहरूको पर्व दीपावलीको तेस्रो दिन आज कुकुर तिहार मनाइएको छ। आज घरघरमा धर्मराज वाहन कुकुरलाई पूजा गरी कुकुर तिहार मनाइएको हो।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिएर यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ। वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ।

आजको दिन नेपाल प्रहरी केनाइन महाशाखा (कुकुर तालिम केन्द्र)ले कुकुरको पूजाआजा गरेको छ। प्रहरी अनुसन्धानमा कुकुरको भूमिका निकै नै महत्वपूर्ण मानिने गरिएको छ।

विभिन्न प्रकारका जटिल अनुसन्धानमा पनि कुकुरलाई समावेश गराउने गरिएको छ । महाशाखाले कुकुरको सम्मानमा आजको दिनमा विभिन्न प्रकारका खेल खेलाएर तथा खानपान गराई पूजा गरेको हो।