Skip This
स्वर्गीय उज्ज्वल थापानिवास पुगेर प्रदीपले भने- 'वैकल्पिक राजनीति' सँगै लैजान्छु  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ५ शनिबार
  • Saturday, 27 July, 2024
२o७९ कार्तिक ५ शनिबार १६:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वर्गीय उज्ज्वल थापानिवास पुगेर प्रदीपले भने- 'वैकल्पिक राजनीति' सँगै लैजान्छु  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ५ शनिबार १६:१५:oo

कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल मत माग्ने क्रममा वैकल्पिक राजनीतिको सुरुवात गर्ने स्वर्गीय नेता उज्ज्वल थापानिवास पुगेका छन्।
 
उनी घरदैलो अभियानअन्तर्गत शनिबार चप्पल कारखानास्थित स्वर्गीय थापानिवास पुगेका हुन्। पौडेलले थापाका मातापितासँग भेट गरेर आशीर्वाद लिएका छन्। 

उनले मातापितासँग स्वर्गीय थापाले लिएको वैकल्पिक राजनीतिको एजेन्डालाई आफूले अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। सो क्रममा थापाकी माता शान्ताले नेता पौडेललाई जितको शुभकामना दिएकी थिइन्। 

नेता पौडेलले यसअघि चर्चित अभिनेता हरिवंश आचार्यको बुढानीलकण्ठस्थित निवास पुगेर आशीर्वाद लिएका थिए। कात्तिक २ गते मत माग्दै पुगेका पौडेललाई कलाकार आचार्यले सफलताको शुभकामना दिएका थिए।
 
‘बुढानीलकण्ठ घरमै उहाँहरूका बीच भेट भएको हो। स्नेहपूर्ण व्यवहार रह्यो,’ भेटवार्ताका क्रममा सँगै रहेका पौडेलको सचिवालयका एक सदस्यले भने, ‘शुभकामना दिनुभयो। तपाईं जत्तिको युवा आउनुपर्छ भन्नुभयो।’

ती सदस्यका अनुसार आचार्यले आफूले सार्वजनिक रूपमा कसैको पक्षमा नबोलेको पनि बताएका थिए। ‘उहाँ (आचार्य) ले सार्वजनिक रूपमा बोलेको छैन पनि भन्नुभयो,’ उनले भने।  

पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका हुन्। पहिलो दिनको घरदैलो अभियानका क्रममा उनको हाँडीगाउँ जात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलसँग जम्काभेट भएको थियो।

काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बुढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरूको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ। 

यो क्षेत्रबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनाव लड्दै छन्। त्यस्तै, रञ्जु दर्शना पनि चुनावी मैदानमा छिन्। २०७४ को निर्वाचनमा काठमाडौं–५ मा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई पराजित गर्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले कुल खसेको मतमध्ये २३ हजार २९ मत र डा. महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए।