मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक ४ शुक्रबार ११:०६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यामाहाको आरवान १५ भी४ मोटरसाइकल नेपाली बजारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक ४ शुक्रबार ११:०६:००

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले सुविधासम्पन्न बाइक आरवान १५ भी४ नेपाली बजारमा ल्याएको छ । आर १५ को चौथो जेनेरेसन मानिएको ट्र्याक स्पिड, कर्भ र स्पोर्टस् बाइकमा रुचि राख्ने युवावर्गलाई लक्षित गरी बजारमा ल्याइएको हो । 

आरवान १५ भी४ नेपालमा ल्याइएको यामाहाको उत्कृष्ट मोटरसाइकलमध्ये एक रहेको कम्पनीले दाबी गरेको छ । एक सय ५५ सिसी एफआई इन्जिनमा भिभिए राखी तयार पारिएको यस बाइकलाई नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाई–कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ निर्माण गरिएको कम्पनीले जनाएको छ । 

यो बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने जनाइएको छ । राइडरले सडकको अवस्थाको अनुकूलता मध्यनजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्र्याक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रिट मोड’मा स्विच गर्न सक्ने सुविधा रहेको कम्पनीको भनाइ छ ।

यसमा अल–न्यु आरवान १५ भी४, एक सय ५५ सिसी एलसिभी एसओएचसी फ्युल–इन्जेक्टेड एफआई इन्जिन रहेको जनाइएको छ । चिप्लो बाटोमा ह्विलस्पिनका कारण चक्काले घर्षण गुमाई चिप्लने सम्भावनालाई कम गराउन ट्र्याक्सन कन्ट्रोल सुविधा रहेको उल्लेख छ । यस्तै, क्लच–थ्रोटलरहित गियर सिफ्टिङलाई प्रभावकारी बनाउने प्रविधि, ‘क्विक सिफ्टर’ भने ‘रेसिङ ब्लू’ भेरियन्टमा मात्र उपलब्ध रहेको र इच्छाअनुसार कालो र रातो भेरियन्टमा पनि उपलब्ध हुने जनाइएको छ । 

‘वाई कनेक्ट’ समावेश गरिएको एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टरले आर १५ एमलाई स्मार्टका साथै बहुआयामिक पनि बनाएको यामाहा नेपालका सिइओ राजु क्षत्रीले बताए । वाई कनेक्ट एप बाइकसँग ब्लुटुथमार्फत जोडेपछि एलसिडी क्लस्टरमा गियर सिफ्ट इन्डिकेटर, फ्युल कन्जम्पसन इन्डिकेटर, सिफ्ट–टाइमिङ लाइट, भिभिए इन्डिकेटर, ट्र्याक्सन कन्ट्रोल इन्डिकेटर देखिने कम्पनीले उल्लेख गरेको छ ।

त्यस्तै, मोबाइल फोनको ब्याट्री लेभल, मेन्टेनेन्स रिकमेन्डेसन, पार्किङ लोकेसन, मालफङ्सन नोटिफिकेसन, फोनकल, एसएमएस र इमेल अलर्टजस्ता नोटिफिकेसन पनि हेर्न मिल्ने सुविधा रहेको जनाइएको छ । यसको मूल्य पाँच लाख ७२ हजार नौ सय रुपैयाँ र पाँच लाख ६२ हजार नौ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।