१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २ बुधबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २ बुधबार १६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सशस्त्रका डिएसपी गैरे सर्वाेत्कृष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २ बुधबार १६:o५:oo

सशस्त्र प्रहरी बलको एपिएफ कमान्ड तथा स्टाफ कलेजको छैटौँ एपिएफ कमान्ड तथा स्टाफ कोर्समा डिएसपी सुरेश गैरे सर्वाेत्कृष्ट भएका छन् । बुधबार आयोजित दीक्षान्त कार्यक्रममा  गैरेलाई ‘बेस्ट कमान्ड एन्ड स्टाफ कोर्स अवार्ड’ प्रदान गरियो ।

सोही क्रममा रिसर्चतर्फ प्रथम भएका डिएसपी सन्तोषबहादुर सिंहलाई ‘वेष्ट रिसर्च अवार्ड’ प्रदान गरिएको छ । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले  उक्त कोर्स सफलतापूर्वक सम्पन्न गरेका मध्यम तहका एपिएफ अधिकृतहरूलाई बधाई दिँदै सांगठनिक जिम्मेवारी निर्वाहको क्रममा पूर्ण व्यावसायिक भई कुशलतापूर्वक क्षमता र दक्षता प्रदर्शन गर्न निर्देशन  दिए ।  

दीक्षित अधिकृतहरूले यस कोर्सबाट प्राप्त गरेका ज्ञान, सीप, कला र कौशललाई सदुपयोग गर्दै सांगठनिक विकासमा इमानदार र कर्तव्यनिष्ठ भई सकारात्मक सोचका साथ उत्कृष्ट कार्यसम्पादन गर्नेतर्फ क्रियाशील रहनुपर्ने उनले बताए ।  

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्राडा कुसुम शाक्यले संगठन र राष्ट्रका लागि दक्ष अधिकृत उत्पादनमा एपिएफ कमान्ड तथा स्टाफ कोर्स कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरिन् ।

उक्त कोर्स त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायमा सुरक्षा, विकास तथा शान्ति अध्ययनमा स्नातकोत्तर तहको हो । १६ जेठ ०७८ बाट सञ्चालन भएको सो कोर्समा दुईजना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, तीनजना सशस्त्र प्रहरी उपरीक्षक र पाँचजना सशस्त्र प्रहरी नायव उपरीक्षकसहित दशजना अधिकृत सहभागी थिए ।

सो कोर्समा सहभागी अधिृकतहरूलाई स्टाफ ड्युटिज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानव अधिकार, अन्तर्राष्ट्रिय मानवीय कानुन, नेतृत्व तथा व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना, स्वदेश तथा विदेश शैक्षिक भ्रमणलगायतका विविध विषयमा सम्बन्धित विषयका विज्ञहरूद्वारा अध्यापन गराइएको सशस्त्र प्रहरीले जनाएको छ ।

ad
ad
ad
ad