१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १ मंगलबार १६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

‘लाइभ डिबेट’मा आउन देउवालाई ओलीको चुनौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार १६:१५:oo

एमाले अध्यक्ष केपी ओलीले ‘लाइभ डिबेट’का लागि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन् । 

पूर्वप्रधानमन्त्री ओलीले देउवालाई सामाजिक सञ्जालमार्फत चुनौती दिएका हुन् । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमालेको चुनावी कमान्डरसमेत रहेका ओलीले देउवासँग एजेन्डामा आधारित बहस गर्न आफू तयार रहेको जनाएका छन् । 

उनले लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डिबेट’मा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेन्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’

=

ad
ad
ad
ad