मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ३१ सोमबार ११:०४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई दसैँ अफरको पाँचौँ र छैटौँ हप्ताका विजेता छनोट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ३१ सोमबार ११:०४:००

दसैँ, तिहार, छठ र नेपाल संवत्जस्ता चाडपर्वहरूको अवसर पारेर आइएमईले सञ्चालन गरेको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक योजनाको पाँचौँ र छैटौँ हप्ताका विजेता छनोट गरेको छ । फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजाअनुसार कुवेत र संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत पैसा पठाउने सेवाग्राहीहरू सान्त्वना धोधरी र जितमान गोम्बो तामाङ पाँचौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । त्यस्तै, पदमकुमारी विक र किशोर तमाङ छैटौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएको जनाइएको छ । विजेताले ओमान र मलेसियाबाट आइएमईमार्फत नेपालमा रहेका आफन्तलाई योजना अवधिमा पैसा पठाएको कम्पनीले जनाएको छ । विजेताले २५ हजार रुपैयाँका दरले नगद प्राप्त गर्ने उल्लेख छ । 

त्यस्तै, सेवाग्राहीहरू अहम्मद अब्दुल्ला खामिस अल हसामी, प्रेमप्रसाद बाँस्कोटा, सबिन थोप्रा, सञ्जीवकुमार शाह, आशिष सोनाम, नइन्द्र गुरुङ र रवि बडुवाल पाँचौँ हप्ताका लागि दैनिक विजेता छनोट भएको जनाइएको छ । उनीहरूले क्रमशः ओमान, कुवेत, मलेसिया, युएई, जापान र इन्डियाबाट आइएमईमार्फत नेपालमा रहँदै आएका आफन्तलाई योजना अवधिमा पैसा पठाएको उल्लेख छ । त्यसैगरी, मदनलाल कालुराम, देवबहादुर बकावल, वीरेन्द्रकुमार तुम्बापो, देवलाल मेल्हे, लोक रसाइली, इर्साद अलि खान र खेमबहादुर लिम्बू छैटौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएको जनाइएको छ । उनीहरूले क्रमशः कुवेत, मलेसिया, बहराइन, संयुक्त राज्य अमेरिकाबाट नेपालमा रहेका आफन्तलाई योजना अवधिमा पैसा पठाएको कम्पनीले जनाएको छ । उनीहरू प्रत्येकले एक सेटका दरले सामसङ मोबाइल प्राप्त गर्ने जनाइएको छ ।

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा भन्ने नारासहित सञ्चालन भएको उपहार योजनामा विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एकजनालाई सामसङ मोबाइल उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुईजनालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, अफर अवधिमा एकजना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।  कुल ८२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने यो योजना नौ हप्ता अर्थात् कात्तिक १६ गतेसम्म सञ्चालन हुने कम्पनीले उल्लेख गरेको छ ।