१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २९ शनिबार
  • Saturday, 10 May, 2025
गणेश लम्साल विराटनगर
२o७९ असोज २९ शनिबार ११:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छठका लागि नहर सफा गर्दै विराटनगर महानगरपालिका

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ असोज २९ शनिबार ११:५६:oo

छठपर्वका लागि विराटनगर महानगरपालिकाले नहर सफाइ गर्न थालेको छ। सफासुग्घर जलाशयमा विराटनगरवासीलाई छठपर्व मनाउने व्यवस्था मिलाउन महानगरले नहर सफा गर्न थालेको हो।
 
विराटनगरको ४, ५, ६, ११, १२, १६ नम्बर वडाभित्र करिब पाँच किलोमिटर लामो सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर पर्दछ। उक्त नहर छठपर्वका लागि महानगरले आफ्नै खर्चमा सफा गर्न थालेको हो।

विराटनगर पश्चिममा रहेको यो नहर हरेक वर्ष स्थानीयहरूले आफैँ सफा गरेर घाट निर्माण गरी छठपर्व मनाउने गर्दथे। सबैका लागि सफा जलाशय उपलब्ध गराउन यो वर्ष नगरभित्र पर्ने सबै नहर महानगपालिकाले आफ्नै खर्चमा सफा गर्न थालेको प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए। 

उनका अनुसार हरेक दिन बिहान ६ बजेदेखि साँझसम्म दुईवटा एक्स्काभेटरले नहर सफाइ गर्न थालेका छन्।