
विश्व क्रिकेटमा फेरि एकपटक म्याच फिक्सिङ (खेल मिलेमतो) काण्ड दोहोरिएको छ । संयुक्त अरब इमिरेट्स (युएई)का एक खेलाडीले खेल मिलेमेतो गरेको पुष्टि भएको छ । युएईको अनुसन्धान विभागले लामो समयदेखिको अध्ययनपछि तीन खेलाडीबाट खेल मिलेमतो गरेको पुष्टि भएको हो । युएई क्रिकेट संघले घरेलु प्रतियोगितामा सहभागी मेहर छायाकरलाई दोषी ठहर्याउँदै १४ वर्षको प्रतिबन्ध लगाइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले बुधबार मेहरलाई प्रतिबन्ध लगाएको थियो ।
यो निर्णयसँगै मेहरको खेल करिअर समाप्त भएको मानिएको छ । मेहरमाथि सन् २०१९ अप्रिलमा एक अन्तर्राष्ट्रिय शृंखला र क्यानडामा भएको टी–२० फ्रेन्चाइज प्रतियोगितामा फिक्सिङका सात आरोप लगाएको छ । मेहर सबै आरोपमा दोषी देखिएका छन् ।
निर्दाेष रहेको प्रतिक्रिया
मेहर विकेटकिपर तथा ब्याट्सम्यान हुन् । उनी युएईको शीर्ष लिगमा निकै महŒवपूर्ण खेलाडी मानिन्छन् । सन् २०१२ मे महिनामा मेहरले यू–१९ एसिया क्लब प्रतियोगिता खेलेका थिए । उनले सबै आरोपको खण्डनसमेत गरेका छन् । मेहरले आफूलाई निर्दोष भएको बताएका छन् । यसअघि युएईका दुई खेलाडी पनि खेल मिलेमतोका कारण प्रतिबन्धमा परिसकेका छन् । ती दुवै खेलाडीले पनि मेहरसँग मिलेर भ्रष्टाचारसम्बन्धी कार्य गरेका थिए ।
नाभिद तथा सैमनले आफ्नो गल्ती स्वीकार गरेका छन् । यी दुवै खेलाडीले सन् २०१९ मेमा भएको टी–२० विश्वकप छनोटमा मिलेमतो गरेको भेटिएको थियो । युएईका पूर्वकप्तान नाभिद तथा शीर्ष क्रमका ब्याट्सम्यान सैमन आइसिसी भ्रष्टाचार रोकथाम संहिताको दुई अपराधमा मुछिएका थिए ।