१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २२ शनिबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o७९ असोज २२ शनिबार १९:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘मोहम्मद डे’को अवसरमा आइतबार मधेस प्रदेशमा सार्वजनिक बिदा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o७९ असोज २२ शनिबार १९:२४:oo

मधेस प्रदेश सरकारले ‘मोहम्मद डे’को अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाह लैहेवुल्मको जन्मजन्यतीको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नारोराम भगतले मोहम्मद जन्मजयन्तीको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको बताए। 

इस्लाम धर्मको अन्तिम पैगम्बर(अल्लाह दुत्त) को रूपमा हजरत मोहम्मदको जन्म इसापूर्व ५७१,२० अप्रिल अर्थात् इस्लामिक तिथिअनुसार १२ रविउल्लऔएलका दिन खाडी मुलुक सउदीको मक्कामा भएको थियो। सोही दिनकै स्मरणमा विश्वभरका मुस्लिम समुदायले प्रत्येक वर्ष सो दिनलाई उत्वसवको रूपमा मनाउँदै आएका छन्।