१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १६:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीमा बाढी र पहिराेले विद्युत् र अधिकांश सडक सञ्जाल बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:२६:oo

गुल्मीमा निरन्तरको वर्षाको कारण विद्युत् र सडक सञ्जाल बन्द हुँदा नागरिकले सास्ती खेप्न बाध्य छन्। ठूलो वर्षाले बिरबास–तम्घास–वस्तु ३३ केभी मेल लाइनमा क्षति पुगेपछि तीन दिनदेखि सम्पूर्ण विद्युत् सेवा बन्द भएको छ। 

रेसुंङा नगपालिका ९ स्थित पुतलीबजारमा पहिरोले ट्रान्समिटरसहितका पोलहरू बगाएकाले सम्पूर्ण लाइनहरू अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख ईश्वकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार जिल्लाभरको विद्युत् सुचारु गर्न अझै केही दिन लाग्छ।

मेनलाइनको समस्या समाधान भएपछि मात्रै शाखाहरूको अवस्था हेरेर विद्युत् सञ्चालन गरिने श्रेष्ठले बताए। विद्युत् नभएपछि सञ्चार क्षेत्र प्रभावित छन्। जिल्लाका अधिकांश एफएम रेडियो बन्द छन्। नेटवर्क अवरुद्ध हुँदा गाउँहरू सम्पर्कविच्छेद भएका छन्। 

विद्युतिय मेसिनहरु बन्द भएका कारण कुटानीपिसानीमा समेत समस्या भएको छ। वर्षातले खल्लो बनेको दशैमा बिद्युत समेत नहुँदा निकै पट्यार लाग्दो अवस्थामा चार दिन बिताएको मुसिकोट नगपालिका ३ का सरोज क्षेत्रीले बताए। 

त्यस्तै जिल्लाका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध रहेका छन्। मदनभण्डारी राजमार्ग अन्तगत रेसुगा नगपालिका ४ अर्खलेमा पुरै सडकनै भासिएको छ भने विभिन्न ठाउँमा खोला बढेका कारण यातयात संचालनमा जोखिम रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक श्यामप्रकाश यादवले जानकारी दिए। 

त्यस्तै रिडी–रुद्रवेणी–वामी सडक पनि अवरुद्ध छ। चन्द्रकोट गाउँपालिका ७ को रुपाकोटमा खसेका पहिरोहरु अहिले हटाउने काम भइरहरहेको यादवले बताए। 

कालिगण्डकी करिडोर चारदिनदेखिनै अवरुद्ध छ । त्यो बाहेक प्रमुख सडकबाट गाउँ जाने तीन दर्जन बढि ग्रामीण सडकहरु अवरुद्ध रहेको यातयात व्यावासायीहरुले बताएका छन्।
 
दसैँको लागि विभिन्न ठाउँबाट घर आएकाहरु गन्तव्यमा फर्किन आतुर छन्। तर, सडक संजाल बन्द भएका कारण समस्यामा परेका छन्। ‘न भनेजस्तो दसैँ भयो नत सडकको कारण फर्किने कुनै टुंगो छ। निकै पीडा र सास्तीका बिच दशै गयो,’इस्मा गाउँपालिका ३ का विवेक जिसीले भने,‘३० वर्षपछिको दसैँ पनि खुसीयाली बन्न सकेन्।’
 

ad
ad