सिट बाँडफाँडमै असन्तुष्टि हो, दाबीभन्दा निकै कम सिट पाउने भयौँ : उपेन्द्र यादव

आइतबार, १६ असोज, २०७९
डिजिटल संस्करण
सिट बाँडफाँडमै असन्तुष्टि हो, दाबीभन्दा निकै कम सिट पाउने भयौँ : उपेन्द्र यादव

उपेन्द्र यादव, जसपा अध्यक्ष

जसपा गठबन्धनबाट बाहिरिएर अरूसँग तालमेलको बाटो खुला गरेको हो ?

होइन, चुनावी तालमेलका लागि गठबन्धन सँगसँगै अब अरूसँग पनि कुरा गर्ने भनेको मात्रै हो । अहिले त गठबन्धनमै छौँ। 

सिट बाँडफाँडसम्बन्धी छलफल सन्तोषजनक भएन भन्नुभएको छ, के असन्तुष्टि हो ?

सन्तोषजनक भए त किन बोल्नुपथ्र्यो र ? सिट बाँडफाँडकै विषयमा हाम्रो असन्तुष्टि हो । हामीले दाबीभन्दा निकै कम सिट पाउने भयौँ । 

जसपालाई १५ सिट दिने भनेको हो ?

हामीलाई न्यूनतम संख्यामा पनि सिट उपलब्ध भएन । टुंगिने अवस्था पनि देखिएन । थोरै सिट नै हो असन्तुष्टिको विषय । 

तपाईंहरूको दाबी कति सिटमा हो ?

त्यो वार्ताको विषय हो । तर, त्यस्तो वार्ता अहिलेसम्म भएको छैन ।

एमाले र मधेसी दलसँग पनि तयार हो ?

त्यो पनि सम्भव छ । सबै पार्टीसँग वार्ता गर्न खुला भएका छौँ । 

लोसपासँग मिल्ने सम्भावना कति छ ?

असम्भव छैन । तर, हामीले सम्पूर्ण रूपमा गठबन्धनको विकल्प खोजेको छैनौँ । 

उसो भए घुर्की लगाउनु भएको हो ?

घुर्की लगाएको होइन । त्यस विषयमा गठबन्धनमा छलफल होला नि । हाम्रो पार्टीले जे समीक्षा गर्यो त्यो राखेको हो । त्यहीअनुसार निर्णय भएको हो । 

सुझावित समाचार