१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज १४ शुक्रबार ०९:०६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दसैँमा घुमफिरको योजना यसरी बनाउनुस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज १४ शुक्रबार ०९:०६:००

नेपालीहरूका ठूला चाडपर्व सुरु भइसकेका छन् । दसैँसँगै तिहार र छठ पर्व पनि नजिकिँदै छ । पछिल्ला केही वर्षमा चाडपर्व मनाउने शैलीमा परिवर्तन देखिँदै गएको छ । घरमा सबैजना बसेर रमाइलो गर्ने त छँदैछ । स–परिवार वा साथीभाइ मिलेर घुम्न जाने चलन पनि बढेको छ । विशेषगरी दसैँ–तिहारको समय लामो बिदा हुने गर्दछ, अर्को कुरा यो समय भ्रमणका लागि पनि निकै सही समय हो । वर्षायाम सकिएको र चिसो नबढिसकेको हुनाले मौसमका हिसाबले पनि घुम्नका लागि दसैँको समय उपयुक्त हुन्छ । यो समयमा हिमाल, पहाड, तराईमा हुने सबै गतिविधिमा इन्जोय गर्न सकिन्छ । 

खानपिन र पदयात्रा
मुख्यतः यो समयमा आन्तरिक पर्यटकहरू पर्यटकीय क्षेत्रको पदयात्रा, धार्मिक शक्तिपीठ, निकुञ्ज क्षेत्र, साहसिक गतिविधिलगायतका स्थानमा जाने गरेको पाइन्छ । दसैँ, तिहारलगायतका चाडपर्व भनेको खानपिनको पनि हो । त्यसैले राम्रो खाना पाइने ठाउँ खोजेर जाने चलन बढी हुन्छ । नयाँ आकर्षणका लागि तराईका पर्यटकीय क्षेत्रहरू पनि छन् । 

चर्चित पर्यटकीय गन्तव्य 
शुक्लाफाँटा, खप्तड, बर्दिया, रारा, डोल्पा, पाल्पा, पोखरा, अन्नपूर्ण, लाङटाङ, गोसाइँकुण्ड, मुस्ताङ, जनकपुर, चितवन, दोलखा, धरान, इलामललगायत गन्तव्य निकै चलेका छन् । यी क्षेत्रमा खान, बस्नका लागि पर्यटकीय सुविधाहरू रहेकाले सहज र सजिलै जान सकिन्छ । त्यसैगरी, इलाम जाने हो भने त्यहाँँ सुन्दर दृश्यहरू देख्न सकिन्छ । त्यहाँ ठूला धार्मिक स्थलहरू पनि छन् । 

भिन्न संस्कृति, फरक खालको ल्यान्डस्केप, नेपालको सबैभन्दा ठूलो ताल रारा र सबैभन्दा गहिरो ताल से–फोक्सुन्डो भएकाले कर्णाली प्रदेशमा पनि धेरै मानिस जान्छन् । पछिल्लो समय स्कीतर्फ पनि मानिसहरूको आकर्षण बढेको छ । 

ध्यान दिनुपर्ने कुरा

  • गन्तव्यस्थलको छनोट गर्ने । 
  • आफू जान लागेको गन्तव्यस्थलको पूर्वतयारीसहितको योजना बनाउने । 
  • गन्तव्यस्थलमा खाना, वासको सुविधा भए÷नभएको स्थितिबारे जानकारी लिने । 
  • बाटोघाटोको अवस्थाबारे जानकारी लिने । 
  • आफू कुन क्षेत्रमा जान लागेको हो, के–के गतिविधि गर्ने हो, त्यसका लागि बजेट आकलन गर्ने । 
  • डेंगुलगायत अन्य रोगको संक्रमण बढिरहेको छ, सचेत रहने । 
  • मौसमअनुसारको कपडा, ड्राई फ्रुट, प्राथमिक उपचार किट बोक्ने । 
  • स्वास्थ्यवद्र्धक खानपानमा जोड दिने । 
  • जथाभावी प्लास्टिकलगायतका फोहोर नफाल्ने । 
  • यात्रामा निस्कँदा दिगो पर्यटनका अभ्यास र उत्तरदायी पर्यटनका व्यवहार के हुन् भन्ने कुरालाई ध्यान दिने ।