Skip This
अधिक बल प्रयोग र स्वतन्त्रताको दुरुपयोगको छानबिन हुनैपर्छ : ओमप्रकाश अर्याल, गृहमन्त्री 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ३१ मंगलबार o९:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अधिक बल प्रयोग र स्वतन्त्रताको दुरुपयोगको छानबिन हुनैपर्छ : ओमप्रकाश अर्याल, गृहमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ३१ मंगलबार o९:४५:oo

देशको स्थिति असामान्यबाट सामान्य हुँदै छ । अहिलेको मूल विषयवस्तु लोकतान्त्रिक प्रक्रियालाई कसरी सुचारु गर्ने भन्ने हो । राज्यको पुनर्संरचना हामीले गर्‍यौँ, अब हामीले हाम्रो व्यवहार र आचरण पुनर्संरचना गरेर अघि बढ्नुपर्ने परिस्थितिमा आइसकेका छौँ ।

स्थिति सामान्यीकरण गर्दै स्वतन्त्र र धाँधलीरहित चुनाव गर्ने दायित्व छ । जसले विस्थापित भयौँ भनेर महसुस गर्नुभएको छ, उहाँहरूले पनि निर्वाचनको परीक्षा दिएर आउने मौका छ, जसले अहिले विद्रोहबाट जित्यौँ भन्नुभएको छ, उहाँहरूले कुन हदसम्म जितेको हो भन्ने एक्युरेसीका लागि पनि परीक्षा दिनैपर्छ ।

त्यो भनेको चुनाव नै हो । स्वतन्त्र र निष्पक्ष चुनावकै लागि यो सरकार बनेको हो । यसमा गृह प्रशासनको महत्वपूर्ण भूमिका छ । कानुनी शासनलाई तत्कालै फर्काउन हामी लाग्नुपर्नेछ । शान्तिसुरक्षा र मानव अधिकारमा कुनै सम्झौता गर्नुहुँदैन । बल प्रयोगको जुन मापदण्ड छ, त्यसको आधार, औचित्य, अनुपातबाहेकको अवस्थामा त्यो उचित छैन भन्ने लाग्छ ।

अहिले ससाना कुराले ठुलो रूप लिएको छ । त्यसकारण यसमा हामीले ध्यान दिनुपर्छ । आन्दोलनमा जहाँ अधिक बल प्रयोग भएको छ र जहाँ स्वतन्त्रताको दुरुपयोग भएको छ, त्यसको निष्पक्ष छानबिन हुनैपर्छ ।

(पदभारपछि मन्त्री अर्यालले गृह मन्त्रालयमा दिएको मन्तव्यमा संशोधित अंश) 

प्रहरीको मनोबल उठाउनु गृहमन्त्रीको अहिलेको मुख्य दायित्व हो : उमेश मैनाली, पूर्वगृहसचिव 
प्रहरीको मनोबल उठाउनु नयाँ गृहमन्त्रीको पहिलो प्राथमिकता हुनुपर्छ । आन्दोलनमा भएको क्षतिले प्रहरीको मनोबल खस्किएको छ । अहिलेको गृहमन्त्रीको पहिलो दायित्व भनेको प्रहरीको मनोबल उठाउने र भौतिक संरचना बनाउने हो । त्यसपछि गृह प्रशासनको संरचनालाई सक्रिय बनाएर चुनावी तयारीमा लाग्नुपर्छ ।