Skip This
नाइजेरियामा बाढीबाट २३ को मृत्यु, एक लाखभन्दा बढी विस्थापित
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १२ बुधबार
  • Tuesday, 11 August, 2026
रासस अबुजा
२o७९ असोज १२ बुधबार १२:३८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नाइजेरियामा बाढीबाट २३ को मृत्यु, एक लाखभन्दा बढी विस्थापित

Read Time : < 1 मिनेट
रासस, अबुजा
नयाँ पत्रिका
२o७९ असोज १२ बुधबार १२:३८:oo

नाइजेरियामा आएको भीषण बाढीमा परेर कम्तीमा २३ जनाको ज्यान गएको छ। कम्तीमा अन्य एक लाख १६ हजारजना विस्थापित भएका छन्।

यस वर्षको मनसुनी वर्षाका कारण ती नागरिक विस्थापित हुन पुगेका बताइएको छ। उद्धार अधिकारीहरूले यहाँका नागरिक बाढीबाट धेरै विस्थापित हुन पुगेका र उनीहरूको पुनर्स्थापनाको पहल भइरहेको बताएका छन्।

नाइजेरियाको मध्य प्रान्त बेन्युमा बाढीले बढी मात्रामा क्षति पुगेको जनाइएको छ। सो प्रान्तमा मे महिनादेखि नै बढीको प्रकोप सुरु भएको र यसमा परेर ठूलो मात्रामा भौतिक क्षति पुगेको अधिकारीहरूले जानकारी दिएका छन्।

यो प्रान्तका प्राकृतिक विपत् व्यवस्थापनसम्बन्धी विभागका प्रमुख इमानयल सिसोरले उक्त प्रान्तमा दशौँ हजारजना विस्थापित भएका र उनीहरूको पुनर्स्थापनाको काम निकै चुनौतीपूर्ण भएको बताएका छन्।

यहाँका सयौँ हेक्टर जमिनमा लगाइएको बाली पनि बाढीले नष्ट गरिदिएकाले यहाँका नागरिकहरूलाई वासका साथै खाद्यान्नको पनि आवश्यकता परेको बताइएको छ। अधिकारीहरूले बाढीले यहाँका करिब पाँच हजार घर भत्काइदिएकाले दशौँ हजार नागरिक अस्थायी शिविरमा बस्दै आएका पनि जनाएका छन्।