मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ११ मंगलबार
  • Friday, 14 August, 2026
२o७९ असोज ११ मंगलबार २o:२४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसमा अझै पनि कोरोनाको महामारी, एक दिनमा झन्डै ३७ हजार संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ११ मंगलबार २o:२४:oo

विश्वको शक्तिशाली राष्ट्र रुसमा अझै पनि कोरोना भाइरसको महामारी फैलिइरहेको छ। कोरोना भाइरसविरुद्धको खोपसमेत आविष्कार गरेको रुसले आफ्नै देशमा त्यसको महामारी नियन्त्रण गर्न भने अझैसम्म पनि असफल भएको हो।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार रुसमा अहिले पनि दैनिक झन्डै ३७ हजार मानिस कोरोना भाइरसबाट संक्रमित हुने गरेका छन्। रुसको आधिकारिक निकायले मंगलबार थप ३६ हजार ६०५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ। योसँगै अहिलेसम्म कुल संक्रमितहरूको संख्या दुई करोड आठ लाख ६९ हजार ७१४ पुगेको पनि अधिकारीहरूले जनाएका छन्।