मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ११ मंगलबार १०:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालको पहिलो निजी बैंक

अर्थ इतिहास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ११ मंगलबार १०:१३:००

नबिल बैंक लिमिटेड नेपालको पहिलो विदेशी बैंकको संयुक्त लगानीमा आएको निजी बैंक हो । आर्थिक वर्ष ०४१/४२ को वार्षिक बजेटमार्फत वित्तीय क्षेत्रको सीमित उदारीकरण गरी यहाँ संयुक्त लगानीका बैंकहरू खोल्न दिएपछि नबिलको स्थापना भएको हो । संयुक्त लगानीमै निजी स्तरमा पहिलोपटक नेपाल अरब बैंकको (हाल नबिल) स्थापना भएको हो । 

नेपालमा आधुनिक बैंकिङको सुरुवात पनि यही बैंकको स्थापनापछि मात्र भएको मानिन्छ । नबिल बैंकको स्थापना ०४१ मा भएको थियो । बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुंगाना छन् । 

नेपाल अरब बैंकको रूपमा स्थापना भएको नबिल बैंकमा युएईका लगानीकर्ता बाहिरिएपछि त्यसको बहुमत स्वामित्व विनोद चौधरीको परिवारमा आएको थियो । बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा चार अर्ब ९७ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभवसँगै उच्च समर्पित रहेको नबिल बैंकले देशभर २३३ शाखा र २६९ एटिएममार्फत सेवा प्रदान गरिरहेको छ । नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा परिचत नबिल बैंकले फराकिलो नेटवर्कमार्फत उच्च सेवा प्रदान गर्न निरन्तर काम गरिरहेको छ ।