मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज ११ मंगलबार ०७:२७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लोकतन्त्र र संविधानको रक्षा प्राथमिकतामा छ : प्रचण्ड

Read Time : < 1 मिनेट
२०७९ असोज ११ मंगलबार ०७:२७:००

माओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् । सोमबार चितवनमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्रीको पदभन्दा संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।

‘केही वर्षदेखि म प्रधानमन्त्रीको रेसमा छैन । लोकतन्त्रको रक्षा, राष्ट्रको रक्षा संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हो । जनताको आर्थिक विकास र समृद्धि मेरो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘मैले चाहेको भए ०७४ को निर्वाचनपछि पाँचै वर्ष प्रधानमन्त्री हुने अफर थियो । त्यसपछि पनि थियो । अहिले भर्खर पनि छ । तर, प्रधानमन्त्री मुख्य कुरा होइन ।’  

आसन्न निर्वाचनमा कसलाई चुन्ने भन्ने अधिकार जनताको हातमा रहेको उल्लेख गर्दै प्रचण्डले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैलाई आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे । उनले भने, ‘आउँदै गरेको मंसिर ४ गतेको प्रादेशिक र संघीय निर्वाचनमा फैसला कसको पक्षमा दिने भन्ने कुराको अधिकार नेपाली जनताको हातमा आइसकेको छ ।’