मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ९ आइतबार
  • Saturday, 12 July, 2025
२o७९ असोज ९ आइतबार १८:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनताको मुहारमा खुसी ल्याउने चाहना छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ९ आइतबार १८:१७:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्यवस्था बदलिए पनि अवस्था जहाँको त्यहीँ भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरूको मुहारमा खुसी ल्याउने चाहना व्यक्त गरेका छन्। चुनावी कार्यक्रममा सहभागी हुन चितवन पुगेका प्रचण्डले आइतबार भरतपुरमा पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन्।

प्रचण्डले आफ्नो नेतृत्वमा दुईपटकसम्म सरकार सञ्चालन गर्दा जनताको मुहारमा खुसी ल्याउन सक्दो पहल गरेको पनि बताएका थिए। उनले चितवनमा नमुना विकासको प्रयास गरेको भन्दै त्यसलाई अब देशव्यापी विस्तार गर्ने पनि बताए। उनले भने, ‘चितवनमा अहिले नमुना विकासको प्रयास गरेका छौँ, आगामी दिनहरूमा निकै ठूलो फड्को मारेर तीव्रगतिमा विकास र समृद्धिको नयाँ मोडेल चितवनले प्रदर्शन गर्नेछ।’

प्रचण्डले निकै ठूलो त्याग र बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै परिवर्तन उल्ट्याउन खोज्ने हर्कतहरूलाई नेपाली जनताले कदापि सहन नसक्ने बताए । उनले माओवादी पार्टी नै देश र जनताको भविष्यको निम्ति लड्ने पार्टी भएकोले अब जनताको मुहारमा खुसी ल्याउन पनि माओवादीले नै नेतृत्व गर्ने बताए। कार्यक्रममा विभिन्न क्षेत्रका मानिसहरू माओवादी केन्द्र प्रवेश गरेका थिए।