Skip This
घोषणापत्रका लागि कांग्रेसकाे अपिल- यी माध्यमबाट दिन सकिन्छ सुझाव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ७ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ७ शुक्रबार १९:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घोषणापत्रका लागि कांग्रेसकाे अपिल- यी माध्यमबाट दिन सकिन्छ सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ७ शुक्रबार १९:३८:oo

नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्रका लागि सुझाव मागेको छ। 

महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको ‘नेपाली कांग्रेस घोषणापत्र तयारी समिति– ०७९’ले शुक्रबार सार्वजनिक सूचनामार्फत सुझाव माग गरेको हो। कांग्रेसले ह्वाट्सएप, भाइबर, ट्विटर र इमेलमार्फत घोषणापत्रका लागि सुझाव दिन सकिने जनाएको छ।

घोषणापत्र तयारी समितिका सचिव डा. प्रदीप पराजुलीका अनुसार जनभावना संकलन गर्ने क्रममा प्रविधिमार्फत सुझावका लागि कांग्रेसको घोषणापत्र तयारी समितिको सार्वजनिक अपिल गरिएको हो। 

उनले कांग्रेसको घोषणापत्र निर्माणका क्रममा आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ सुरु गरिसकिएको जानकारी दिए। यसका लागि प्रत्यक्ष रूपमा मोबाइल नम्बर ९८८०२२३३५५ मा सम्पर्क गरेर वा  ९७४१६७३४१८ मा ह्वाट्स एप, भाइबर, इमोमार्फत सम्पर्क गर्न सकिनेछ। 

‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र’ भनेर विविध धारणा राख्नुहुने सबैको सुझाव लिने निर्णय घोषणापत्र तयारी समितिले गरेको छ,’ सार्वजनिक आह्वानमा भनिएको छ, ‘अतः स्वदेश र विदेशमा रहनुहुने नेपाली कांग्रेसका सदस्य, समर्थक, शुभेच्छुक र आलोचक एवं समस्त नेपाली दिदीबहिनी, दाजुभाइ जो सुझाव दिन चाहनुहुन्छ उहाँहरूले प्रविधिको  माध्यमबाट सुझाव पठाउन सक्नुहुनेछ।’