मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ७ शुक्रबार ०६:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वरुण इन्भेस्टमेन्टको साधारण सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ७ शुक्रबार ०६:२९:००

वरुण इन्भेस्टमेन्ट लिमिटेडले कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषसहित सर्वसाधारणलाई छुट्याएको १५ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा वरुण इन्भेस्टमेन्टका अध्यक्ष शिवप्रसाद घिमिरे र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका हुन् ।  

०७७ सालमा पब्लिक कम्पनीका रूपमा स्थापना भएको वरुण इन्भेस्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ५५ करोड रुपैयाँ रहेको जनाइएको छ । संस्थापक समूहको ७७ प्रतिशत सेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक सेयरधनीबाट ४० करोड रुपैयाँबराबरको सेयर पुँजी चुक्ता भइसकेको उल्लेख छ । वरुण इन्भेस्टमेन्टले बझाङको १५.३३ मेगावाटको कलंगा हाइड्रो, ३८.४७ मेगावाटको सानीगाड हाइड्रो र १०.७० मेगावाटको बुङ्गल हाइड्रो गरी तीन हाइड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट विद्युत् शक्ति उत्पादन गर्ने गरी मुख्य लगानीकर्ता कम्पनीका रूपमा रहेको जनाइएको छ ।

संखुवा खोलामा हाइड्रो प्रवद्र्धन र गुराँस हाइड्रो प्रालि (४१.०६ मेगावाट)मा पनि लगानी गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ । वरुण इन्भेस्टमेन्टले भविष्यमा अरू पनि थप हाइड्रोपावर, होटेल, कृषिलगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको एसजी गु्रपका अध्यक्ष तथा कम्पनीका संस्थापक अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।