मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ६ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौ‌
२o७९ असोज ६ बिहीबार १७:२६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुरु भयो ‘नाडा इभी एक्स्पो–२०२२’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौ‌
नयाँ पत्रिका
२o७९ असोज ६ बिहीबार १७:२६:oo

नाडा इभी एक्स्पो–२०२२ सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दसैँलाई मध्यनजर गर्दै एक्स्पो आयोजना गरेको हो।

भृकुटीमण्डपमा सुरु भएको एक्स्पो असोज ९ गतेसम्म चल्नेछ। एक्स्पोमा ४० हजार बढीको उपस्थिति रहने आयोजक समितिले जनाएको छ। 

आयोजकका अनुसार उक्त अवधिभर एक्स्पोमै गाडी किन्न र बुक गर्न पाइनेछ। एक्स्योमा गाडी, मोटरसाइकल किन्दा नगद छुट अफर राखेका छन्।

आयोजक समितिका अनुसार एक्स्पोमा ५१ वटा स्टल राखिएको छ। जसअनुसार चारपांग्रे विद्युतीय सवारीसाधनको ७, दुईपांग्रेको १६, टायरको ३, ब्याट्रीको २, अटोपार्टस् ५, ग्यारेज उपकरण र वित्तीय निकायसहित २४ वटा स्टल छन्। 

 

एक्स्पोमा गाडी किन्दा वित्तीय सुविधा पनि एक्स्पोमै उपलब्ध रहेको नाडाले जनाएको छ। त्यस्तै, सडक सुरक्षाबारे जानकारी दिन एक्स्पोमा ट्राफिक प्रहरीको छुट्टै स्टल राखिएको छ। इभीसम्बन्धी ज्ञान आदन–प्रदान गर्न नाडा इभी चौतारी सेमिनार सञ्चालन हुने आयोजक समितिले जनाएको छ। 

एक्स्पो सेमिनारमा इलेक्ट्रिक गाडीहरूका सम्बन्धमा विद्यमान नीति नियमलगायतका विषयमा चर्चा गरिने भएको छ। प्रत्येक वर्ष दसैँको मुखमा नाडा अटो सो हुँदै आएकोमा दुई वर्षदेखि कोभिडका कारण अटो सो हुन नसकेको नाडाले जनाएको छ। 

तस्बिरहरु : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका