मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ६ बिहीबार
  • Saturday, 12 July, 2025
तिवारी यादव वीरगन्ज
२o७९ असोज ६ बिहीबार १२:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्सा प्राणी उद्यान (चिडियाखाना)काे शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ६ बिहीबार १२:४९:oo

वीरगन्ज महानगरपालिका– ३२ रामवनमा पर्सा प्राणी उद्यान (चिडियाखाना)को शिलान्यास गरिएको छ। वन तथा वातावरणमन्त्री प्रदीप यादवले  प्राणी उद्यान (चिडियाखाना)को शिलान्यास गरेका हुन्।

चिडियाखानाको शिलान्यास गर्दै मन्त्री यादवले एक अर्बभन्दा बढीको लागतमा चिडियाखाना स्थापना हुन लागेको जानकारी दिए। चिडियाखाना पर्सा जिल्ला र समग्र मधेस प्रदेशको एक प्रमुख पर्यटकीयस्थल बन्ने उल्लेख गर्दै उनले यसले यहाँको विकास र समृद्धिका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले मन्त्री बनेदेखि आफूले घोषणा गरेअनुसार प्रदेशकै पहिलो चिडियाखाना (पर्सा प्राणी उद्यान) स्थापना गरेको बताए।