१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मीनराज बसन्त काठमाडौं
२०७९ असोज ४ मंगलबार ०८:५५:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सिलिकन भ्यालीका टेक कम्पनीलाई ‘आक्रमण’ गर्दै टिकटक

Read Time : > 3 मिनेट
मीनराज बसन्त, काठमाडौं
२०७९ असोज ४ मंगलबार ०८:५५:००

नेपालमा टिकटक क्रेज बढ्दो छ । बालकदेखि वृद्धसम्ममा यसको लत बढ्दो छ । पछिल्लो समय कला क्षेत्रमा नयाँ प्रतिभाको उदय पनि टिकटकबाटै भइरहेको छ । टिकटकमा भाइरल भएपछि विभिन्न क्षेत्रमा स्पेस पाइरहेका उदाहरण थुप्रै छन् । यसले आमवृत्तमा कलाको साधना र समर्पणमाथि पनि प्रश्न उठाइरहेको छ । 

टिकटक जति लोकप्रिय छ, त्यति नै आलोचित पनि छ । चिनियाँ कम्पनी बाइटडेन्सले सन् २०१६ मा विकास गरेको यो एप्स भारत, रुस, इन्डोनेसियालगायतका देशमा प्रतिबन्धित छ । भारतमा डाटा सेक्युरिटीका कारणले सन् २०२० को जुनबाट प्रतिबन्ध गरिएको टिकटक रुसमा युद्धका कारणले र इन्डोनेसियामा अनुचित कन्टेन्टका कारणले प्रतिबन्धित छ । गत हप्ता लस एन्जलसस्थित प्रविधि सम्मेलन (टेक कन्फ्रेन्स) मा बोल्दै अल्फाबिटाका सिइओ सुन्दर पिचाईले आफ्नो कम्पनीले बाहिरबाट आएको बोल्ड अपस्टार्टको खतरा सामना गर्नुपरेको बताए ।

‘हामी कसैले पनि तीन वर्षअघि टिकटकबारे कुरा गरेका थिएनौँ,’ कोड कन्फ्रेन्समा लोकप्रिय चिनियाँ सोसल मिडिया एप्सबारे बोल्दै पिचाईले अल्फाबिटाको बजारमा आउने नयाँ प्रडक्टबारे बताए । त्यसको एक दिनपछि अमेरिकी सोसल मिडिया स्न्यापका सिइओ इभान स्पाइगेलले पनि सोही सम्मेलनमा टिकटकबारे कुरा मात्रै उप्काएनन्, बिल्कुल अर्कै कम्पनीबारे मज्जैले बोले । स्पाइगेलका अनुसार टिकटकले बजारमा कब्जा जमाउन र स्न्यापजस्ता सामाजिक सञ्जालबाट प्रयोगकर्ता आफूतिर आकर्षित गर्न ठूलो मात्रामा लगानी गरेको छ । 

चिनियाँ भिडियो सेयरिङ एप्सले सिलिकन भ्यालीको शक्तिशाली प्रभाव र ध्यानलाई कसरी कब्जा गरेको छ भन्ने दुई विवादास्पद रेखांकनले प्रस्ट पार्छ । उनीहरू टिकटकको खतरासँग सहमत नहुन सक्लान्, तर आइटी उद्योगका अग्रणी कम्पनीहरू उनीहरूको विश्वासमा एक भएका छन् । उनीहरूको अहिलेको विदेशी प्रतिस्पर्धी खतरापूर्ण देखिएको छ । यसअघि अरूबाट उनीहरूले यस्तो चुनौतीको सामना गरेकै थिएनन् ।

एक अर्बभन्दा बढी प्रयोगकर्ता रहेको टिकटक दिनप्रतिदिन लोकप्रिय बन्दै गइरहेको छ । साथै, विश्वको इन्टरनेट सेवामा छोटो समयभित्र प्रतिस्पर्धी सामाजिक सञ्जालका रूपमा उदाइरहेको छ । चिनियाँ टेक्नोलोजी कम्पनी बाइटडान्सको स्वामित्व रहेको यसले सरकारसँग सहकार्य पनि गरेको छ । टिकटकले भूराजनीतिक बदलाव पनि समावेश गरेको छ । चाहे सम्मेलनमा होस् वा कम्पनीको बैठकमा, सिलिकन भ्यालीपछि अहिले व्यापक उठिरहेको विषय भनेको टिकटककै हो । यसले कहीँ न कहीँ प्रवेश पाइरहेकै छ ।

एक अर्बभन्दा बढी प्रयोगकर्ता रहेको टिकटक दिनप्रतिदिन लोकप्रिय बन्दै गइरहेको छ । साथै, विश्वको इन्टरनेट सेवामा छोटो समयभित्र प्रतिस्पर्धी सामाजिक सञ्जालका रूपमा उदाइरहेको छ ।

‘यो सिसिपी स्पाइवेयर हो र हामी यो अमेरिकामा सञ्चालन होस् भनेर मरिहत्ते गरेका छौँ,’ उद्यमी एवं लगानीकर्ता जसोन कलाकेनिसले भनेका छन्, ‘टिकटकको प्रतिस्पर्धासँग केही गर्नु छैन । जे गर्नु छ, उसको प्रभाव र सुरक्षासँग गर्नु छ ।’टिकटकको अल्गोरिदमले अमेरिकाको चुनावमा केही प्रतिशत प्रभाव पार्न सक्ने तथा युक्रेन युद्ध वा हङकङ र ताइवानको स्वतन्त्रतातिर झुकाव राख्न सक्ने उनको भनाइ थियो ।

चीनसँगको टिकटक सम्बन्धले विगतका दिनमा पनि चर्चा पाएकै थियो । यही सन्दर्भमा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका थिए । तर, संघीय न्यायाधीशले उनको प्रस्ताव पास नगरेपछि ट्रम्पको प्रयास विफल भयो । एकैपटकमा धेरै निरीक्षण भएकाले ट्रम्पको टिकटिकविरुद्धको युद्ध बढी प्रतिक्रियात्मक तथा प्रतिकारात्मक थियो । यो उनको व्यक्तिगत ‘धर्मयुद्ध’ थियो । यद्यपि, उनले सुरक्षा सरोकारको दाबी गरेका थिए । 

एकातिर टिकटकको गति निरन्तर बढ्दै गइरहेको छ भने अर्कोतिर अमेरिका र चीनबीचको सम्बन्ध अझै पनि तिक्ततापूर्ण अवस्थामा रहेको देखिन्छ । तीव्र रूपमा बढिरहेको प्रविधि उद्योग (टेक इन्डस्ट्री) भिडियो सेयरिङ एपलाई लिएर उत्साहित छ । तर, आइटी पदाधिकारीले नै टिकटकको प्रगतिमा बाधा उत्पन्न गर्ने प्रयास नगरेका भने होइनन्, अझै पनि गरिरहेका छन् ।

 गत मार्चमा फेसबुकको मातृ कम्पनी मेटाले टिकटकको चिनियाँ स्वामित्व सरोकारबारे कथा निर्माण गर्न रिपब्लिकन कन्सल्टिङ फर्मलाई किनेको समाचार वासिङ्टन पोस्टले लेख्यो । त्यसको केही महिनापछि अमेरिकामा मेटाले फेसबुक र इन्स्टाग्राममा छोटो भिडियो लन्च गर्‍यो, जुन धेरै हदसम्म टिकटकसँग मिल्थ्यो । यस्तै, गुगल स्वामित्वको भिडियो प्लेटफर्म युट्युब र स्न्यापले पनि आ–आफ्नै टिकटक समकक्षी जारी गरे । तीनलाई क्रमशः सर्टस् र स्पटलाइट नाम दिइयो । 

धेरै प्रयोग गर्ने बालबालिका र विज्ञानपनदाता 
वाल स्ट्रिट जर्नलले गरेको एक अध्ययनमा इन्स्टाग्राम प्रयोगकर्ताले १ करोड ७६ लाख घन्टा दैनिक छोटो भिडियो (रिल्स) हेर्छन् । यो टिकटकको तुलनामा दश गुणा कम हो । यस्तै, सेयर गरिने तीनमा एक भिडियो अर्कै एप्समा उत्पादन हुने गरेको अध्ययनमा उल्लेख छ । विशेषगरी, टिकटकमा उत्पादित भिडियो नै इन्स्टामा पनि सेयर हुने गर्छन् । 

कस्ट प्लस ड्रग्सका सहसंस्थापक तथा उद्यमी मार्क चुबानले अन्य चिजबीच टिकटकको सफलताको गुण भनेको आर्टिफिसियल इन्टेलिजेन्सअन्तर्गत यसको भिडियो प्रसारणको रणनीति रहेको बताउँदै फेसबुक, ट्विटर र स्न्यापच्याटजस्ता पुरातन सामाजिक ग्राफ रहेको बताए । टिकटक अनपेक्षित रूपमा अगाडि बढिरहेको र जहाँ ऊ जान्छ, त्यहीँ विषयवस्तु टिपेको चुबानको भनाइ थियो । यसका साथै उनले टिकटकको अनुमतिपत्र अधिकार सम्भावनाको कमजोर पक्ष रहेको संकेत गरे । अर्को कुनै तीव्र प्रतिस्पर्धीले संगीत, सिनेमा र खेलकुदमा लगानी गर्न कठिन रहेको बताउँदै टिकटकलाई टक्कर दिन अन्य थुप्रै बाटाहरू भएको तर रातारात त्यो सम्भव नहुने उनले बताए ।

ब्लुमबर्गका अनुसार सन् २०२१ मा टिकटकले चार अर्ब डलर कारोबार गर्‍यो । यस्तै, यो वर्ष उसको कारोबार लक्ष्य १२ अर्ब डलर पुर्‍याउने रहेको छ । त्यो भनेको विज्ञापन राजस्वमा २८.२ अर्ब डलर अलग कमाइ गर्ने हो । फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले सन् २०२२ को दोस्रो त्रैमासमा विज्ञापनमार्फत २८ अर्ब २० करोड डलर ल्याएका थिए । विज्ञापन उद्योगका जानकारहरू टिकटकको पुनरागमन आँधीजसरी भएको टिप्पणी गर्छन् ।