१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २ आइतबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २ आइतबार ११:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झन्डा र गार्ड जता हुन्छ उही आधिकारिक हो, चोलेन्द्र फर्कन मिल्दैन : अधिवक्ता कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २ आइतबार ११:११:oo

सर्वोच्च अदालत बार एसोसिएसनका कोषाध्यक्ष अधिवक्ता विनोद कार्कीले निलम्बनमा रहेका प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरा सर्वोच्च फर्कन नमिल्ने बताएका छन्। सर्वोच्च अदालतपरिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अधिवक्ता कार्कीले यस्तो बताएका हुन्।

सर्वोच्चको आधिकारिक काम गर्ने अधिकार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीमा रहेकाले निलम्बित जबरा सर्वोच्च फर्कन नमिल्ने उनको भनाइ छ। राष्ट्रिय झन्डा र गार्ड कामु प्रधानन्यायाधीश कार्कीलाई नै दिइएको भन्दै उनले जबरा सर्वोच्च फर्कने सम्भावना नरहेको प्रस्ट पारे।

‘झन्डा र गार्ड जता हुन्छ उही आधिकारिक हो। झन्डा र गार्ड सम्माननीय कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीमै कायम छ,’ अधिवक्ता कार्कीले भने, ‘अहिले उहाँलाई नै स्कर्टिङ गरेर ल्याइयो। त्यसकारण चोलेन्द्रको आउने सम्भावना छैन। उहाँको निलम्बन निलम्बनमै रहन्छ।’