मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३१ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७९ भदौ ३१ शुक्रबार १३:३८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लमजुङमा पाँच हजार ४३६ पुगे घरेलु उद्योग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ३१ शुक्रबार १३:३८:oo

जिल्लामा घरेलु तथा साना उद्योगको संख्या पाँच हजार चार सय ३६ पुगेको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय लमजुङले जनाएको छ। आर्थिक वर्ष ०४४/४५ देखि हालसम्म घरेलु तथा साना उद्योगको संख्या पाँच हजार चार सय कटेको कार्यालय प्रमुख मिताकुमारी थापाले बताइन्।

‘०४४/४५ सालदेखिकोे तथ्यांक अपडेट छ। त्यसयता हालसम्म सञ्चालनमा रहेका घरेलु र साना उद्योगको संख्या पाँच हजार चार सय ३६ पुगेको छ,’ उनले भनिन्। दर्ता भएका अधिकांश उद्योगमध्ये कृषि फर्म, कृषि औजार, ब्युटिपार्लर, पर्यटन, दालमोठ, बेकरी, सिलाइकटाइ, कुटानी–पिसानी, अलैँची, बंगुर फार्म, मौरीपालनलगायत रहेका छन्।

एक वर्षमा ६८८ नयाँ उद्योग थपिए
जिल्लामा एक वर्षमा ६ सय ८८ नयाँ उद्योग थपिएका छन्।  घरेलु तथा साना उद्योग कार्यालयका अनुसार ०७८ साउनदेखि ०७९ असारसम्मको अवधिमा जिल्लामा विभिन्न प्रकृतिका ६ सय ८८ नयाँ उद्योग थपिएका हुन्।

कार्यालयमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै चार सय ६१ उद्योग कृषि तथा वन पैदावरसम्बन्धी छन्। सोबाहेक १४८ सेवामूलक, ४० उत्पादनमूलक र ३५ पर्यटन उद्योग दर्ता भएका कार्यालयका प्रमुख थापाले बताइन्। कार्यालयमा दर्ता संख्याअनुसार जिल्लामा गत वर्ष चार सय ३२ जना महिला र दुई सय ८२ पुरुष गरी कुल सात सय १४ जना नयाँ उद्यमी थपिएका छन्। ती उद्योगमा एक हजार ८४ महिला र एक हजार दुई सय ९७ पुरुष गरी दुई हजार तीन सय ८१ जनाले रोजगारी पाएका कार्यालयको तथ्यांकले देखाएको छ।

विगत चार आर्थिक वर्षको उद्योग दर्ता तथ्यांकअनुसार सबैभन्दा धेरै अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा जिल्लामा नाै सय ७० उद्योग थपिएका थिए। आर्थिक वर्ष ०७४/७५ मा दुई सय ७६, ०७५/७६ मा चार सय ६८ र ०७६/७७ मा ६ सय ६९ उद्योग दर्ता भएका घरेलु कार्यालयले जनाएको छ।