Skip This
पूर्वमन्त्री पोखरेलको ‘गन्तव्य समाजवाद’ शुक्रबार सार्वजनिक हुँदै 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ २३ बिहीबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २३ बिहीबार १७:१९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

पूर्वमन्त्री पोखरेलको ‘गन्तव्य समाजवाद’ शुक्रबार सार्वजनिक हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २३ बिहीबार १७:१९:oo

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘गन्तव्य समाजवाद’ नामक पुस्तक सार्वजनिक हुने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले च्यासल तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा पुस्तक सावर्जनिक गर्ने बताइएको छ।

जनविचार पब्लिकेसनले निकालेको पुस्तकमा मन्त्री पोखरेलले विभिन्न समयमा लेखेका वैचारिक लेख समावेश छन्। पुस्तकबारे पूर्वपरराष्ट्रमन्त्री तथा एमाले सचिव प्रदीप ज्ञवाली र पूर्वराजदूत निलाम्बर आचार्यले टिप्पणी गर्नेछन्। पुस्तकमा विशेष गरी राजनीतिक र आर्थिक विषयलाई केन्द्रमा राखेर लेखिएका लेख समावेश छन्।

दोलखामा एमालेको राजनीति, दोलखाको विकासमा भएका प्रयास, अन्य राजनीतिक दलसँग एमालेको सम्बन्धलगायत पक्षलाई पनि पुस्तकमा उजागर गरिएको छ। गोविन्द दुलालले सम्पादन गरेको ३९२ पृष्ठको पुस्तकमा ७२ लेख समेटिएका छन्।